प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज मन्त्री मण्डलको विस्तार गरेका छन् । विस्तारसँगै माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका १३ मन्त्रीले आइतबार साँझ शपथ लिएका छन् । माओवादीका ६ र मोर्चाका ७ मन्त्रीले शपथ लिएका हुन् ।
भदौ ११ गते प्रधानमन्त्रीमा निर्वाचित भट्टराईले १२ गते सपथ लिनुका साथै फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई उपप्रधान तथा गृहमन्त्री नियुक्त गरेका थिए ।
नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री भट्टराईले राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा सपथ गराएका हुन् ।
नवनियुक्त १३ मन्त्रीसहित मन्त्रिमण्डलमा प्रधानमन्त्री र दुई उपप्रधानमन्त्री गरेर अब मन्त्रीको सङ्ख्या १५ पुगेको छ।
थप भएका मन्त्रीहरुमा उपप्रधान तथा परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठ, ऊर्जामा पोष्टबहादुर बोगटी, अर्थमा वर्षमान पुन, स्थानीय विकासमा टोपबहादुर रायमाझी, युवा तथा खेलकुदमा कमला रोका र भूमिसुधार तथा व्यवस्थामा प्रभु साह छन्।
सपथ लिएका छन् /
No comments:
Post a Comment